पाटन दरवार क्षेत्रमा ३ दिने चित्रकला प्रदर्शनी
पाटन,
२३ बैशाख 2080 (रासस) ः
पाटन दरवार क्षेत्रमा ३ दिने चित्रकला प्रदर्शनी आज शनिबारबाट सुरु भएको छ । चित्रकलाका क्षेत्रमा विगत १२ वर्षदेखि क्रियाशील संस्था योङ पिकासोको आयोजनामा भएको प्रदर्शनी बैशाख २५ गतेसम्म हुने आयोजक संस्थाका निर्देशक अजय देसारले जानकारी दिनुभयो । प्रदर्शनीमा १३ बर्षभन्दा कम उमेरका बालिकाहरुले उतारेका क्यानभास चित्रहरु राखिएका छन् । प्रदर्शनीको उदघाटन समारोहमा मन्तव्य राख्नुहुँदै प्राध्यापक डाक्टर भोजराज शाक्यले बालबालिकाको भावना पवित्र हुने र यस्तो भावनालाई चित्रकलाको माध्यमबाट उजागर गर्न सकिने वताउनु भयो । ‘बालबालिकाको भावना पवित्र हुन्छ । यस्तो पवित्र भावनालाई चित्रकलाको माध्यमबाट उजागर गर्न सकिन्छ । उनीहरुमा कुनै प्रतिशोध हुँदैन । उनीहरुले सत्य कुरा उजागर गर्न सक्छन् ।’ प्रा.डा शाक्यले भन्नुभयो ।, ‘ योङ पिकासो युरोपियन कलामा ठूलो परिवर्तन ल्याउने व्यक्ति हुन् । उनैको नामबाट सृजित यो संस्थाले पनि कला क्षेत्रमा काम गरिरहेको छ । पिकासोले जसरी नयाँ आइडिया कलाको माध्यमबाट दिए, त्यस्तै गरि यो संस्थाले महत्त्वपूर्ण काम गर्न सकोस् ।’ उहाँले कलाकारहरुले तयार गरेको चित्रकलाले जीवत्व प्रदान गर्ने वताउँदै मानिसहरूले त्यसलाई विश्व गर्ने प्रस्ट्याउनु भयो । उहाँले योङ पिकासोबाट सत्यलाई प्रस्फुटन गर्न सक्ने प्रतिभाशाली विश्वविख्यात कलाकार उत्पादन हुने आशा र विश्वास व्यक्त गर्दै नेपालका नेताहरुको दृष्टिकोणलाई परिवर्तन गर्न सक्ने अपेक्षा राख्नु भयो । पाटन संग्राहलयका प्रमुख सुरेश लाखेले पाटन दरवार क्षेत्रमा प्रदर्शनी र प्रतिभा प्रस्फुटनका लागि सबै कलाकारहरुलाई स्वागत गरिने वताउनु भयो । ‘पाटन दरवार कलाकारितासंग सम्बन्धित छ । कला क्षेत्रको विकास र संरक्षण हाम्रो प्राथामिकता हो ।’ प्रमुख लाखेले भन्नुभयो । आयोजक संस्था योङ पिकासोका निर्देशक अजय देसारले कलिलो मस्तिष्कबाट सृजना भएका कुराहरूलाई प्रदर्शन गरेर उनीहरुको हौसला वृद्धि गराउन र उनीहरुको उज्ज्वल भविष्यका लागि सकरात्मक वातावरण तयार गर्न यस्ता प्रदर्शनी आयोजना गरिंदै आएको वताउनु भयो । उहाँले भाईबहिनीहरुलाइ राम्रो बाटो देखाउने यो सानो प्रयास भएको वताउँदै यस संस्थाले १२ बर्षदेखि गाउँगाउँमा कलाको विकासका लागि धेरै स्थानमा कार्यक्रम गरेको वताउनु भयो । हराउन लागेका कला संस्कृति बचाउन उनीहरुलाई विभिन्न ठाउँमा लगेर निरन्तर कार्यक्रम गर्ने योजना रहेको निर्देशक देसारले वताउनु भयो । कला संस्कृतिको जगेर्ना गर्न आयोजित यस प्रदर्शनीमा नेपालबाट लोप हुन लागेका चराहरु, तिनीहरुको संरक्षणका लागि दिन खोजिएका सन्देशहरु झल्किने चित्रहरु, प्राकृतिक सुन्दरता कायम राख्नका लागि सन्देश दिने सन्देश क्यानभासहरु राखिएका छन् ।
आबुधावीमा नेपाली बालबालिकाको चित्रकला प्रदर्शनी
काठमाडौं – युएईको आबुधाबीमा ३ दिने चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । १२४ देशका ६ वर्षदखि १२ वर्षसम्मका विद्यार्थीहरुको चित्रकला प्रदर्शनीमा राखिएको थियो । संसारमा शान्ति चाहिन्छ भन्ने नारामा आधारित चित्रकला प्रदर्शनीमा नेपालका विद्यार्थीहरुको ३० वटा चित्रकला पनि सामेल गरिएको थियो । बालचित्रसम्बन्धी अन्तर्राष्ट्रिय संस्था कलर फर पिसको आयोजनामा भएको प्रदर्शनी आबुधावीको अटिज्म सेन्टरमा भएको हो । उतm अन्तर्राष्ट्रिय संस्थाको नेपालको आधिकारिक संस्था योङ्ग पिकासो कम्युनिटी स्कुल अफ फाइन आर्टका १५ जना र अरु विद्यालय, रिजेन्ट इन्टरनेशनल स्कुल, आदर्श विद्या सदन स्कुल, ललित सेकेन्डरी स्कुलबाट १५ जना गरी ३० जना विद्यार्थीको चित्रकला प्रदर्शनीको लागि छानिएको थियो ।
योङ्ग पिकासोका संचालक तथा गुरु र कलर फर पिसको नेपालका राजदूत अजय देसारका अनुसार कलामा लागेका बालबालिकालाई यो उमेरदेखि नै अन्तर्राष्ट्रिय स्तरमा अवसर दिएर उनीहरुको हौसला बढाउन र रंगको प्रयोगबाट पनि शान्ति ल्याउन सकिन्छ भन्ने जानकारी दिनको लागि यो प्रदर्शनीमा भाग लिनुको उद्देश्य हो । अब हरेक अन्तर्राष्ट्रिय स्तरमा भाग लिएर आफ्ना विद्यार्थीहरुको कला अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास रहने पनि उनले बताए । १० नोभेम्बरबाट सुरु भएको प्रदर्शनी १३ नोभम्बरमा सम्पन्न भएको हो ।
बालबालिकाको घेराभित्रका अजय सर
कलाको विकासको गति पश्चिमी देशमा राम्रो रहेको देशारको अनुभव छ चित्रकार अजय देशारसँग । आफु लण्डन बस्दा काम गर्ने तरिका नजानेर धेरै दुःख पाएकोमा उनी त्यती दुःखी पनि देखिएनन् । लण्डनको सुरुको बसाइमा ६ महिनासम्म देशारले काम पाएनन् । लण्डन ब्रिजको स्टेशनमा सुते । तर दुःखसँगै उनीसँग सीप थियो । त्यो समयमा उनले त्यहीँ बसेर चित्र कोर्न थाले, स्केच बनाउन थाले । अनि त्यहीँबाटै बेच्न थाले । यसले उनलाई जीवनयापन गर्न मात्रै सहज भएन लण्डनमा स्थापित नै गरायो ।
चित्रकार देशार उच्च शिक्षापछि उनी स्वदेश फर्किए । लण्डन बसाइमा सम्मानजनक जीवनयापन र लोभलाग्दो कमाइ देखाएर उनलाई रोक्न खोज्ने साथी धेरै थिए । तर उनी बसेनन् । चित्रकला सिक्दै गर्दा आफूले पाएको दुःखलाई सम्झिँदै कला क्षेत्रमा केही गर्छु भनेर फर्किए । साढे ३ वर्षको लण्डन बसाइपछि उनले फेरि ललितकलामा कलामै मास्टर्स गरे ।
कलाकार अजय देशारको कलायात्रामा बेलायतबाट फर्किएपनि आधा समय विद्यार्थीसँग वितेको छ । नेपाल फर्किएपछि खुलेको योङ पिकासोमा विदाको दिन सधै घुइचो लाग्छ । ब्रस समात्न विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरुले केही दिनमै खारिने मौका पाउँछन् । विद्यालय र कलेजमा अजय सर भनेपछि बेहद खुुसी देखिन्छन् विद्यार्थी । विद्यार्थीलाई सधै आदरार्थी शब्द प्रयोग गर्छन् अजय सर । सानो नानीलाई पनि ‘तपाई’ सुन्दा आनन्द आउँदो रहेछ क्यार, त्यसैले कला शिक्षणमा सधै अग्रस्थानमा छन् अजय सर ।
ललितपुरको पुरानो शहरको रुपमा परिचित चापागाँउको प्याङगाँउमा जन्मिएका देशारलाई ललितकलाको शहर ललितपुरमा कलामा जानकारी कम भएको अनुभव बताउँछन् । उनी भन्छन्, “कलाले भरिएको जिल्ला ललितपुर साच्चै नै कलाबारे बुझ्ने मान्छे भने निकै कम छन् । कसैले नगरेको काममा हात हाल्नु निकै जोखिम हुने संभावना बढ्छ । कलालाई चेतनायुक्त पागलपन भन्न सकिन्छ भने त्यही पागलपनभित्र कलाकारले आफ्नो भावले कला बुनेको हुन्छ । यो विषय बुझ्न धेरै अध्ययनको जरुरी छ ।”
विशेषत डार्क कलरमा नेपालमा तस्विरलाई चित्रमा ढाल्ने परम्परा बढेको बताउँछन् । उनी बताउँछन्, “अहिले रियालिस्कि पेन्टिङ अर्थात फोटोेमा वा कुनै देखिएका कुरा दुरुस्तै उतार्नेको बाढी जस्तै छ तर यसलाई हामी आर्ट नै भन्दैनौँ । किनकी आर्ट भनेको कल्पना भन्दा पनि धेरै माथि हुनपर्दछ । जुन जो कसैले सोच्नै सकेका हुँदैनन् । कुनै कुरालाई दुरुस्तै उतार्नु भनेको त फोटोकपी गरे जस्तै हो । ”
Kathmandu, Dec 29: An exhibition entitled 'Art Walkathon' has begun at Nepal Art Council from today with an objective of promoting art and literature in villages.
Minister for Culture, Tourism and Civil Aviation, Ananda Prasad Pokharel, inaugurated the exhibition by drawing a picture of the Sun. The expo is organised by an organisation, Young Picasso.
On the occasion, Minister Pokharel said he drew the picture of the Sun as it takes the world towards the light from darkness and added that the government was always committed for the development of the art sector.
A total of 50 paintings done by different 28 artists including Aarati Chitrakar, Lokas Maharjan, Gyan Kumar Maharjan and Anita Giri have been put on display in the expo organised under the slogan "Art in every village". The expo will run till January 2.
योङ पिकासो सामुदायिक चित्रकारिता प्रशिक्षण केन्द्र ललितपुरले यही असोज २७, २८ र २९ गते 2072 ललितपुरका शहरी तथा ग्रामीण भेगमा बृहत् कलायात्राको आयोजना गर्दैछ । तपाईँहरुको सक्रिय सहभाागिताविना यो यात्रा सफल हुन्न । आउनुहोस् आफ्नो चित्रकारितामार्फत सामाजिक पुनस्र्थापनाका लागि योगदान गरौँ ।
विस्तृत जानकारीका लागि ः
बृहत् कलायात्रा
योङ पिकासो सामुदायिक चित्रकारिता प्रशिक्षण केन्द्र ललितपुर
फोन ः9841830748
इमेल ः [email protected]gmail.com
राष्ट्रव्यापी चित्रकला ÷ फोटो प्र्रतियोगिता तथा प्र्रर्दशनी २०७१
१ लाख ५० हजारको चित्रकला बिक्रि
असार २८ देखी भाद्र ४
सिंह आर्ट ग्यालरी, पाटन औद्योगिक क्षेत्र, लगनखेल
प्रेस विज्ञप्ति
०५ भाद । ललितपुरको सौगलस्थित योङ् पिकासोले निजी क्षेत्रमा नै पहिलो पटक राष्ट्रव्यापी फोटो÷चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०७१ भब्य कार्यक्रममा विच सम्पन्न गरेको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा १५० वटा चित्र तथा फोटो छनौट भई विभिन्न ३ विधामा भाग लिएका थिए ।
विभिन्न ३ विधामध्ये जुनियर लेभलको चित्रकला प्रदर्शनीमा काठमाडौं सितापाइलाकी अक्सरा सिंह प्रथम, ललितपुर ठैवकी शुभाषी श्रेष्ठ दोश्रो तथा ललितपुर जावलाखेलकी उपास्थी महर्जन तेश्रो भइन ।
यसैगरी सिनियर लेभलको चित्रकला प्रदर्शनीमा पाटनकी कृपा जोशी प्रथम, संखुवासभाका दल बहादुर राई दोश्रो तथा ललितपुर पाटनका हेम रत्न शाक्य तेश्रो भएका थिए ।
फोटो प्रतियोगितामा ललितपुर ठेचोकी अनु महर्जन प्रथम, मातातिर्थ काठमाडौंका निरन्जन महर्जन दोश्रो र ललितपुर पाटनका गैलेस वाराही तेश्रो भएका थिए ।
प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो तथा तेश्रो हुनेलाई क्रमशः ५०००, ३०००, २००० नगद पुरस्कार, प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा अपाङ्गमध्ये बाट तनहु आवुखैरेनीकी सुरक्षा वाग्लेलाई स्पेशल अनरको रुपमा नगद पुरस्कार रु ५००० सहित सम्मान गरिएको थियो ।
चित्रकला प्रतियोगितामा कक्षा १ देखि ८ सम्मका जुनियर विद्यार्थीका लागि जुनियर लेभलको प्रतिस्पर्धा र अन्य प्रतिस्पर्धामा रुचि भएका जोकोहीले खुल्ला प्रतिस्पर्धा गराइएको थियो । करिव ३०० प्रतिस्पर्धीहरुले आवेदन दिएकामा १५० छनौट भई प्रदर्शनीका लागि सिंह आर्ट ग्यालरी, पाटन औद्योगिक क्षेत्र, लगनखेलमा राखेका थिए। उक्त चित्र तथा फोटोहरु अवलोकनकर्ताले प्रदर्शनीस्थलमा नै किन्न सक्ने ब्यवस्था गरेका थिए । प्रतिस्पर्धाका लागि छनौट भएका चित्र तथा फोटोहरु बढीमा ३० ह ४० इन्चसम्म तथा सानोमा ७ ह १० इन्चसम्मको रहेका थिए। चित्रकला प्रर्दशनी भाद्र ४ सम्म चलेको थियो ।
ाष्ट्रव्यापी चित्रकला ÷ फोटो प्र्रतियोगिता तथा प्र्रर्दशनी २०७१
असार २८ देखी भाद्र ३
सिंह आर्ट ग्यालरी, पाटन औद्योगिक क्षेत्र, लगनखेल
प्रेस विज्ञप्ति
२८ श्रावण । ललितपुरको सौगलस्थित योङ् पिकासोले निजी क्षेत्रमा नै पहिलो पटक राष्ट्रव्यापी फोटो÷चित्रकला प्रतियोगिता तथा प्रदर्शनी २०७१ भब्य कार्यक्रममा विच सम्पन्न गरेको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा १५० वटा चित्र तथा फोटो छनौट भई विभिन्न ३ विधामा भाग लिएका थिए ।
विभिन्न ३ विधामध्ये जुनियर लेभलको चित्रकला प्रदर्शनीमा काठमाडौं सितापाइलाकी अक्सरा सिंह प्रथम, ललितपुर ठैवकी शुभाषी श्रेष्ठ दोश्रो तथा ललितपुर जावलाखेलकी उपास्थी महर्जन तेश्रो भइन ।
यसैगरी सिनियर लेभलको चित्रकला प्रदर्शनीमा पाटनकी कृपा जोशी प्रथम, संखुवासभाका दल बहादुर राई दोश्रो तथा ललितपुर पाटनका हेम रत्न शाक्य तेश्रो भए ।
फोटो प्रतियोगितामा ललितपुर ठेचोकी अनु महर्जन प्रथम, मातातिर्थ काठमाडौंका निरन्जन महर्जन दोश्रो र ललितपुर पाटनका गैलेस वाराही तेश्रो भए ।
प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो तथा तेश्रो हुनेलाई क्रमशः ५०००, ३०००, २००० नगद पुरस्कार, प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगितामा अपाङ्गमध्ये बाट तनहु आवुखैरेनीकी सुरक्षा वाग्लेलाई स्पेशल अनरको रुपमा नगद पुरस्कार रु ५००० सहित सम्मान गरिएको थियो ।
चित्रकला प्रतियोगितामा कक्षा १ देखि ८ सम्मका जुनियर विद्यार्थीका लागि जुनियर लेभलको प्रतिस्पर्धा र अन्य प्रतिस्पर्धामा रुचि भएका जोकोहीले खुल्ला प्रतिस्पर्धा गराइएको थियो । करिव ३०० प्रतिस्पर्धीहरुले आवेदन दिएकामा १५० छनौट भई प्रदर्शनीका लागि सिंह आर्ट ग्यालरी, पाटन औद्योगिक क्षेत्र, लगनखेलमा राखिनेछ । उक्त चित्र तथा फोटोहरु अवलोकनकर्ताले प्रदर्शनीस्थलमा नै किन्न सक्ने ब्यवस्था गरिएको छ । प्रतिस्पर्धाका लागि छनौट भएका चित्र तथा फोटोहरु बढीमा ३० ह ४० इन्चसम्म तथा सानोमा ७ ह १० इन्चसम्मको रहेका छन् । चित्रकला प्रर्दशनी भाद्र ४ सम्म चल्नेछ ।
योङ् पिकासोको आयोजनामा आज भएको सो प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा सम्मान गर्दै सँस्कृतिविद् सत्यमोहन जोशीले कलाको विकास हुँदै जानु भनेको राष्ट्रको गौरव र अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमा बढाउनु हो भन्नुभयो ।
नयाँ नेपाली कलाकाहरुलाई प्रेरणा तथा प्रोत्साहनको आवश्यकता पर्ने भन्दै उहाँले कलाकारहरुको लागि यस्ता कार्यक्रम सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
योङ् पिकासोका निर्देशक अजय देशारले आफ्नो संस्थामा वार्षिक दुई सयदेखि तीन सय विद्यार्थी कला सिक्न आउने बताउँदै उनीहरुलाई कला के हो भन्ने बुझाउँदै आगामी पाँच वर्षभित्र उनीहरुलाई राम्रा कलाकार बनाउने आफनो लक्ष्य रहेको जानकारी दिनुभयो ।
एक महिनाअघि आवेदन सुरु भएको सो प्रतियोगितामा १५० जनाले सहभागीता जनाएका थिए ।
Urgent notice to all the student of young Picasso,
we are going to have grand group exhibition on second week of falgun 2070 so all the students are requested to contact at the young Picasso office as soon as possible .
thanks
young picasso
( A Community School of Fine Art)
Struggle is the essence of life. Nothing is possible in this world without struggle. 75% of the people of our country still work hard for their livelihood without much progress in their life. Many give up any hope of survival. Neither any divine entity nor worship could change their fate. Government appears to be busy oblivious of the sad situation of the people.
The Young Picasso Community School witnessed this piteous condition of the rural people of our country. In the land of hopelessness the School is determined to pave the path of hope. The chief objective of the Young Picasso is to recognize the creative talents in the remote areas and bring them to light. In the field of Art and Painting, the Young Picasso attempts to give directions and opportunities to these young talents who could be lost without guidance.
The vision of the Young Picasso is to paint the realistic picture of the nation and in this light it has already progressed in gathering the young creative talents providing them with essential facilities in Art and Painting. Recently, the School has provided scholarship and opportunity to 5 children at Rautahat, Chandranigahapur and at Ikudol, Lalitpur. Although, our base is at Lalitpur but the School focuses in the rural area. The Young Picasso has been running Winter/Summer Camps, Hobby Art classes, Regular Art classes and Saturdays Special painting classes since its inception. 25% of the money collected in these classes and from the paintings sold is donated to The Charity Fund. The fund is spent in the creative activities in the rural areas under the supervision of the Young Picasso.
The School also organizes Talk Programs, Workshops and Seminars where leading artists of the country are invited to interact and share their experiences and skill to the young artists. These activities also help to understand the importance of art and bring awareness among the young people.
Just finished jointly event by mataya committee , young pivasso and the image park at patan museum .
After finishing the grand exhibition welcome you to the exhibition of collection of Matya Festival by the various 11 photographers at Young Picasso art gallery.
Venue : Saugal Chowk, Lalitpur
Time : 11 am - 4 :00 pm
Date : Thursday, 26th September 2013 - 10th October 2013
RSVP : 9841830748
PHOTO EXHIBITION VENUE : Young Picasso (A community school of fine art)
ABOUT MATYA :
==========
Matya Deep Yatra, Festival of lights, Candle walk festival) is a typical Buddhist festival of Nepal which in Newari means the festivals of lights. It is however, quite different from Deepawali which we celebrate every year in the month of November. This interesting festival begins early in the morning on the third day of the dark fortnight of Shrawan (August).
One of the most fascinating features of this festival is a long parade of the enthusiastic shrine-walkers who go round all the Buddhist shrines scattered in and around the city of Patan. It must be remembered here that Patan alone has more than 1300 Buddhist shrines.
11th mar 2013
Students in this area facing too much difficulties .none of the government or Ngo are there to help them. hundreds of children has been cut their fingers due to the twins ( a rope and a machine to cross the river). three hour to walk for the school is normal for them .
Young Picasso ( A Community School Of Fine Art) heartly thanks to all the students as well as teacher of shree vidyadideshwori higher secoundary school, aasrang ,lalitpur for the big support to conduct Art training
the school is only 65 km far from the capital kathmandu though this place of the lalitpur is soo remote.
News from himalayen times Daily
Painting exhibition at Patan Museum
RSS
LALITPUR: An exhibition of paintings made by children during winter vacation has begun in Patan Museum from Saturday.
Culture expert Satya Mohan Joshi and Fine Arts Academy Chancellor Kiran Manandhar jointly inaugurated the three-day exhibition.
Young Picasso, an organization had taught painting to 18 children during their winter vacation.
Organization chief Ajaya Desar said the exhibition was organized to highlight the talents of artists. The exhibition is to run until February 10 has 70 paintings on display.
News published on digo drishti weekly on face painting organized by young picasso (a community school of fine art) .
YOUNG PICASSO ( A COMMUNITY SCHOOL OF FINE ART ) is organizing music classes for the Five children on the first phase. those children have strong desire to learn music but their parents couldnot affort for extra class,even they didnt expect that some one will help in their life. And dream comes true. France photographer micheal mee is the one who make their dream true . Also Mr. shyam nepali ,who is one of the famous sarangi player of nepal is helping to those children to built their better future. thanks for micheal mee & Mr.shyam.
Dashain tihar offer published in weekly news paper in kathmandu . Sukrabar saptahik is the one of the leading paper.
published on
friday ,5th october 2012
The Nepal Sambat (Nepal Era), which was started by Shankhadhar Shakhwaa entered its 1133 th year wednesday, november 14 , 2012 with the Newar community from all over the country eager to mark the new year with different festivities and cultural programmes. The Nepal Sambat follows the lunar calendar. Shakwaa had freed the Nepali people from their debts contributing the money from his own, and had named the calendar 'Nepal Sambat'. The lunar calendar is followed for all cultural events and rituals.
BIG FESTIVAL BIG OFFER
खोइ कलाको विकासमा राज्यको ध्यान ?
देबेन्द्र थुम्केली/ नेपाली कलाको वर्तमान अवस्था र चुनौती विषयमा पाटनस्थित प्रयागपोखरीमा रहेको योङ पिकासोमा बुधबार छलफल कार्यक्रम सम्पन्न भयो । कलाकार मदन चित्रकार र वत्सगोपाल वैद्यले सो कार्यक्रममा नेपाली कलाको दिशा र दशाका विषयमा आफ्ना धारणा राखेका थिए ।
राजनीतिक विकासक्रम र सामाजिक परिवेशले नेपाली कलामा प्रभाव पारेको विगतलाई कलाकार एवं कलालेखक मदन चित्रकारले इतिहास कोट्याए । उनका अनुसार, ‘नेपाली कला १७ औं शताब्दीबाट २० औं शताब्दीसम्म अगाडि बढ्न नसकेको इतिहास हाम्रासामु छ । लिच्छवी र मल्लकालमा कला र संस्कृतिप्रति राज्यले नै अग्रसरता लिन्थ्यो । स्रोत र साधनको समेत राज्यले नै प्रयोग गथ्र्यो । बीसौं शताब्दीसम्म शाहकालमा खासै कलाको विकास र प्रगति हुन सकेन भने २० औं शताब्दीमा आएर केही काम नेपाली कलामा हुन थालेको छ ।’ कलाकारलाई राज्यले निकै प्रयोग गर्यो तर कहिले पनि उसको सम्मान गरेको पाइँदैन । जति पनि कलाकृति बने ती सबै शासकका नाममा दर्ज भए तर कलाकार ओझेलमै परे । ‘राज्यले कहिले पनि कलाकारको सम्मान गरेन’, चित्रकारले थपे ।
जीवनका हरेक पक्षमा कलाको प्रभाव रहेको हुन्छ । कलाले मानिसका हरेक गतिविधिमा प्रभाव पारेको हुन्छ । त्यो चाहे प्रत्यक्ष होस् या अप्रत्यक्ष । विज्ञान पढ्दा होस् या मेडिसिन, ती सबैमा कलाको महत्त्व रहेको हुन्छ । त्यस्तै, उत्पादनका सामग्रीमा पनि कलाको प्रयोग हुन्छ । जहाँ उत्पादन त्यहाँ कलाको प्रयोग भएकै हुन्छ । मानिसको बुझाइमा मात्रै फरक परेको हो । कलाको प्रयोगका सन्दर्भमा सामाजिक बुझाइको कमी मात्रै हो ।
नेपाली कलाको अवस्थामा अहिले परिवर्तन भइरहेको छ । विश्वमा देखापर्ने कला विधि र शैलीको ग्रहण नेपाली कलाकारले गर्दै आएको पाइन्छ । नेपालमा पनि नयाँ–नयाँ प्रयोगमा कलाको निर्माण भइरहेको छ । समाजमा भने यसले त्यति प्रभाव जमाउन सकेको छैन । कलालाई पनि सामाजिक विषयको रूपमा लैजान सके यसले सामाजिक रूप धारण गर्दछ । कला सबैको पहुँचमा पुग्न सके नेपालमा यसको राम्रो सम्भावना रहेको छ ।
‘कला भनेको समाजको प्रतिबिम्बन हो, यसको विकास र संरक्षणको जिम्मा राज्यले लिनुपर्दछ । कलाप्रतिको बुझाइ नेपाली समाजमा गहन तरिकाले जान सकेको छैन । तैपनि, समाजमा कलाप्रतिको सचेत जागरण जगाउनु अबको आवश्यकता रहेको छ । यसमा नै कलाको भविष्य जोडिएको छ’, वत्सगोपाल वैद्यले बताए ।
ललितपुरका उप–महानगरपालिका तथा सबै गाविससम्म कलालाई लैजाने योजनामा रहेको कलाकार तथा योङ पिकासोका सञ्चालक अजय देशारले बताए । उनले भने, ‘पहिलो फेजमा हाम्रो तार्गेट ललितपुर जिल्ला हो भने यसपछि हामी अन्य जिल्लामा पनि जानेछौं ।’ कला वातावरणलाई मैत्रीपूर्ण रूपमा लैजानका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्न लागेको योजना उनले सुनाए ।
क्यानभास साप्ताहिकका कार्यकारी सम्पादक राजमान महर्जनले भने, ‘कलालाई सम्भावनामा बदल्न चुनौतीसँगै अवसर पनि छन् । यसमा राज्य र कलासम्बन्धी निकायको ध्यान जानुपर्दछ । कला फगत चिज होइन भन्ने सन्देश पनि समाजमा जानुपर्छ । यसका लागि राज्यले नै अग्रसरता लिनुपर्छ ।’
YOUNG PICASSO ( A COMMUNITY SCHOOL OF FINE ART ) is organizing
An ART TALK Program with Two senior artists BATSA GOPAL BAIDYE(SKIB)
and Art writer/ Senior artist MADAN CHITRAKAR
Time : 3:30pm
Date:11th july 2012(wednesday)
Prayag pokhari, Lagankhel, Nepal
For more detail please contact:9841830748(ajaya)
Dear Parents, Students & Art lovers,
HURRY UP ! HURRY UP !!
Young Picasso is organizing special Winter Vacation Art Workshop . 15th poush - 2nd magh 2069 For 4 hoursa day. We also provide art meterials for all students .
* Painting
* Clay modeling
* Chwali Art
* Knetting
* Art & Craft
* landscapes
and many more
Seats are limit . for more detail please contact us as soon as possible.
9841830748(ajaya deshar)
or
email us : [email protected]
YOUNG PICASSO
Admission open
YOUNG PICASSO is a platform for all levels of creative artist. Whether you are an absolute beginner or want to take your hobby or passion to the next level, we offer an extensive range of creative subjects to choose from – there really is something for everyone!
Young Picasso includes Painting and Sculpture classes as some of its most regular activities. Young Picasso is managing various Art classes in between various cities. Young Picasso is also providing Art and Craft classes during the vacations for school children and other interested people. It is also providing various volunteer classes in remote areas of Nepal to expand the importance of Art.
We take care for the development of creative interest and ability of students. We are very respectful of their thoughts and choice. We teach them in a highly loving and friendly environment, as well as practicing very easy techniques in an effective way.
Our facilities
· Painting Classes
· Sculpture Classes
· Saturday Special Classes
Venue
YOUNG PICASSO ,lagankhel ,lalitpur
· Age of student must be above 6 yrs
· Other provisions:
1. Student should bring related materials themselves.
· A Special certificate will be provided to the student for successful completion after the session.
· For more information ,please dial on 9841830748 (AJAYA DESHAR)
WE ALSO PROVIDE PRIVITE ART CLASSES .